नवलपरासी /
सशस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्म भेडाबारी पुर्वी नवलपरासीले ठूलो परिमाणमा लागू पदार्थ गाजा बरामद गरेको छ।
पुर्व पश्चिम राजमार्गको गैंडाकोट १० पितौजीमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको जेयच०२ यु ७०६० भारतीय नम्बर प्लेटको ट्रकमा लुकाइ ल्याएको २० प्याकेज २५६ के.जी. गाजा सशस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक बिनोद कार्कीले जानकारी दिनुभएको छ।
बुधबार बिहान ३ बजेको समयमा डिएसपी कार्कीको नेतृत्वमा १० जनाको टोलीले गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाजा बरामद गरिएको थियो।
ट्रक चालक भारतको बिजयनगर बस्ने वर्ष ४० को पुष्कर यादव सहित ट्रक नियन्त्रणमा लिइएको गुल्मले बताएको छ।
ट्रक चालक यादवको साथमा रहेको मोबाइल थान १ सेट,नेपाली रुपैयाँ ७,१७५ र भारतीय रुपैयाँ १०,५८७ तथा सवारी चालक अनुमति पत्र लगायत कागजपत्र पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाजा सहितको ट्रक गुल्म कार्यालयदेखी सय मिटर पुर्व रहेको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

