Rashtriya Dainik

छिपहरमाई गाउँपालिकाले कक्षा ११ र १२ का छात्रछात्रालाई बिधालय पोसाक बितरण

राजन कुमार बानिया/पर्सा ९ माघ

पर्साको छिपहरमाई गाउँपालिकाले आज एक कार्यक्रमका बिच कक्षा ११ र १२ का छात्र ,छात्राहरुलाई बिधालय पोसाक बितरण गरिएका छन।
श्री मंगल माध्यमिक बिधालय भिस्वा र श्री नवगावा माध्यमिक बिधालय चारगाहामा अध्यनरत छात्र,छात्रा हरुलाई पोसाक बितरण गर्नु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बिधालय पोसाक स्वरुप कोट, पाईन्ट, सर्ट बाट छात्र,छात्रा हरुलाई सम्मान स्वरुप बितरण गर्नु भएको थियो। छात्र,छात्रा हरुलाई सम्मान स्वरुप पोसाक बितरण गर्दै अध्यक्ष गुप्ताले भने अब तपाई हरुको बिधार्थी कार्यकाल स्थानियतहमा फर्केर अाउदैन  अब तपाई हरुको दुखम्य शुखम्य जिवनको रुपमा हुन्छ। कति जनाले उच्च शिक्षा लिन जान्छ र कति जनाले अाफ्नो पोषण तर्फ लागछ। त्यसैले कक्षा ११ र १२ का छात्र,छात्राहरु गाउँपालिका बाट सम्मान स्वरुप पोसाक बितरण गरिएको बताए।

अाउने दिनमा समेत बिधालय र बिधार्थी हरुलाई सहयोग गर्दै जाने प्रतिबद्धता समेत गर्नु भएको थियो।अध्यक्ष गुप्ताले भने नेपाल सरकारले शिक्षा एन नबनाएको कारण अहिले शिक्षामा समस्या देखिएको छ। बिधालयमा शिक्षक राखनमा पनी समस्या हुने गरेको बताए । गाउँपालिका बाट शिक्षक बहाली गर्दा स्थानिय तहमा नजितेका मान्छे हरु मुद्दा मोकादमा गरि शिक्षा बर्बाद गर्न खोजी रहेका छन। स्वमसेवक शिक्षकमा बहाली गर्दा ,राजनितिकर्मीको चढाव बहकावमा परेर मुदा दिएर खारिज गराएका छन। गाउँपालिकाको शिक्षा अाफ्फु राम्रो बनाउन खोजे पनी बिरोधी  मान्छेहरु राम्रो हुन दि रहेको छैन। तर अाफुले स्थानिय तहबाट शिक्षा ,स्वास्थ्य ,कृषि , भौतिक निर्माण लगायत नमुना बनाउने बताए ।
अाज १२ कक्षाका अध्यनरत  छात्र,छात्रा हरुलाई बितरण गरिएको थियो भने ११ र १२ कक्षाका २ सय छात्र,छात्राहरुलाई बितरण गर्ने शिक्षक मनोज पटेलले जनाएका छन। श्री मंगल माबी भिस्वामा वडा अध्यक्ष मौजिलाल साहको अध्यक्ष्ातामा भएको  थियो। र  श्री नवगावा माबी चरगहामा बिधालय ब्यवस्थापन समिति अध्यक्ष पहलाद गुप्ताको अध्यक्ष्ातामा पोसाक बितरण भएको थियो।

कार्यक्रममा वडाअधयक्ष महेन्द्र साह कालवार, शिक्षा प्रमुख सत्रुधन यादव, कार्यापालिका  सदस्य बलिस्टर साह,भिस्वा माबी का प्रअ दिनेश पटेल, नवगावा माबी का प्रअ गगनदेव यादव, प्रअ प्रभु गिरी,सुरेश साह, शिक्षक मनोज पटेल,  शिक्षक ,जनप्रतिनिधि ,पत्रकार,सुरक्षाकर्मी ,लगायत अबिभावक,बिधार्थी समेतको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित