Rashtriya Dainik

उपकार सेवा नेपालद्वारा दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण

राजन कुमार बानिया/ पर्सा ,८ माघ

धोबिनी गाउँपालिका वडा नम्बर ३, गुलरिया— उपकार सेवा नेपालको अध्यक्ष विद्या कुमारी सरावगीको सहयोगमा धोबिनी गाउँपालिकाको वडा नम्बर ३ स्थित दलित समुदायका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रमको आयोजना उपकार सेवा नेपालले गरी, दलित समुदायका बालबालिकाहरूको शैक्षिक सुधारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको हो। यस अवसरमा, नेकपा (एमाले) मधेश प्रदेश कमिटीको सदस्य सलाउदिन अहमदले शिक्षाको महत्वलाई जोड दिँदै बालबालिकाहरूलाई अध्ययनमा प्रोत्साहित गर्नका लागि यस्ता अभियान आवश्यक भएको बताउनुभयो।

कार्यक्रममा दलित समुदायको बालबालिकाहरुलाई कापी, पेंशिल, कटर तथा इरेजर सामग्री लगायतका शैक्षिक सामग्री वितरण गरियो। स्थानीय बालबालिकाहरू र अभिभावकहरूले यस्तो सहयोगले बालबालिकाको शिक्षामा थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
समाजको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने कुरा नेकपा (एमाले) का नेता अहमदले बताए।कार्यक्रममा श्री अजीज मियाँ मा बी का प्र अ जितेन्द्र राम , स्थानीय प्रेम पटेल , बिहारी राम , शिक्षक लालबाबू राम लगायतको उपास्थि रहयो
धोबिनी गाउँपालिकाका दलित समुदायमा शिक्षाको प्रकाश फैलाउँदै उपकार सेवा नेपाल

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित