Rashtriya Dainik

त्रिभुवन माध्यमिक विद्यालय बेलाटारीको ७२ औं वार्षिकोत्सब तथा अभिभावक भेला

आरपि उपाध्याय / नवलपरासी ,९ माघ

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालय बेलाटारीको ७२ औं वार्षिकोत्सब तथा अभिभावक भेला एक कार्यक्रमका बिच शुभारम्भ भएको छ।
शिक्षक अभिभावक संघका अध्यक्ष धिरज ठाकुरको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा अध्यक्ष यादवले प्रतापपुर गाउँपालिकामा प्रतापपुरको समग्र विकास र शैक्षिक जनशक्ति निर्माण गर्ने दायित्व हाम्रो काधमा आएपछि सामुदायिक चुनौतीलाई आत्मसात गरि शैक्षिक प्रगतिको बाटोमा अगाडि बढेको बताउनु भयो।
उहाँले विकास र प्रगतिको लक्ष्यलाई पूरा गर्न जुनसुकै विघ्न,बाधाको सामना गरेर भए पनि जनताले दिएको जिम्मेवारीलाई पुरा गरेरै छोड्ने जिकिर गर्नुभयो।


अध्यक्ष यादवले विगतमा लामो समयसम्म नेतृत्वमा रहेकाहरुले शून्य उपलब्धि हासिल गरेर जनता झुक्याए पनि आफुले आफ्नो पुर्ण कार्यकाल भित्र विकासको लक्ष्यलाई पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त पनि गर्नुभएको थियो।
भेलामा प्रतापपुर गाउँपालिका वडा न.२ का वडा अध्यक्ष जयकिशुन चौधरी,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष गोबिन्द पञ्जियार,पुर्व प्र.अ. सत्यदेव पाण्डे,विद्यार्थी चन्द्रकला कोइरी लगायतले विद्यालयको गतिविधि माथी प्रकाश पार्नु भयो।
विद्यालयका प्रधानाध्यापक नाराद ठाकुरले विद्यालयको शैक्षिक र आर्थिक प्रगति प्रस्तुत गर्दै शिक्षक,अभिभावक र विद्यार्थीको संयुक्त प्रयासबाट नै विद्यालयलाई प्रगतिको पथमा लैजान सकिने विचार व्यक्त गर्नुभयो।
नवलपरासीको सबैभन्दा पुरानो मा.वि. को रुपमा रहेको त्रिभुवन मा.वि. बेलाटारी २००९ सालमा स्थापना भएको पनि विद्यालयले जनाएको छ।
विद्यालयको वार्षिकोत्सबको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ। जसमा २५ को सङ्ख्याका महानुभावहरुले रक्तदान गर्नुभएको थियो।


वार्षिकोत्सब एवं अभिभावक दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरुले आफ्नो सीप साधनको प्रयोग गरि विज्ञान प्रदर्शनी तथा खाद्य परिकार तयार पारी प्रदर्शनी गरिएको आयोजक समितिले जानकारी दिएको छ।
अभिभावक तथा वार्षिकोत्सब समारोह ३ दिनसम्म चल्ने र आउदो माघ १० गते विधिवत समापन गरिने पनि विद्यालयले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित