राजन बानिया /पर्सा ,८ माघ
विद्यार्थीहरूका शैक्षिक र सामाजिक अधिकारका मुद्दालाई सशक्त रूपमा उठान गर्दै कोषाध्यक्ष पदका उम्मेदवार चन्दन कुमार पटेल ले आफ्नो लक्ष्य र योजनाहरू सार्वजनिक गरेका छन्। पटेलले आर्थिक सुदृढ बनाउँदै विद्यार्थीहरूका समस्याहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कोषाध्यक्ष पदमा उम्मेदवारी दिने पटेलले भने, “म विद्यार्थीहरूको आर्थिक सहजकर्ता र पारदर्शी व्यवस्थापनका लागि काम गर्नेछु। आर्थिक स्थायित्व र विद्यार्थीहरूको अधिकारको रक्षाका लागि निरन्तर क्रियाशील रहनेछु ।
निर्वाचन प्रक्रिया नजिकिँदै गर्दा T.R.M.C को गतिविधि तिव्र भइरहेको छ। विभिन्न पदका उम्मेदवारहरूले आ-आफ्नो पक्षमा मतदाता तान्नका लागि प्रचार-प्रसारमा जुटेका छन्।स्ववियुको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने भएकाले यो प्रक्रिया विद्यार्थी समाजमा निकै चासोको विषय बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

