काठमाण्डौ ,८ माघ – दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ ।
गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
मन्त्री सिंहलाई भेट्न अस्पताल पुग्नुभएका मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घटनाबारे छानबिन गर्न धनुषाका डीएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ ।
अर्को गाडी खानेपानी डिभिजन कार्यालय पर्साको रहेको र चालक घाइते रहेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

