आरपि उपाध्याय / नवलपरासी ,७ माघ
सशस्त्र प्रहरी बल नेपालको २४ औं स्थापना दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण पश्चिम नवलपरासीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले “रक्तदान नै जीवनदान” हो भन्ने मुल नारालाई सार्थक बनाउन सबै पक्षको सक्रिय भुमिका हुनुपर्ने धारणा राख्नुभएको थियो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला रक्त सञ्चार केन्द्र नवलपरासीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको बताइएको छ।

रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २६ न. गण तथा मातहतका युनिटहरुमा १८ जना सशस्त्र प्रहरी कर्मचारी र एक स्थानीय व्यक्तिबाट रक्तदान गरिएको जानकारी गराइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

