Rashtriya Dainik

सशस्त्र प्रहरी बल नेपालको २४ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

आरपि उपाध्याय / नवलपरासी ,७ माघ

सशस्त्र प्रहरी बल नेपालको २४ औं स्थापना दिवसको अवसरमा निबन्ध प्रतियोगिता सहित शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल २६ न. गण हे.क्वा. पश्चिम नवलपरासीको आयोजनामा निबन्ध लेखन कार्यक्रम गरिएको हो।
जिल्ला अन्तर्गत पाल्हीनन्दन गाउँपालिकाको सिद्धार्थ मा.वि. कुशमा मा अध्ययनरत ३९ जना छात्रछात्राहरुको सहभागितामा निबन्ध लेखन प्रतियोगिता भएको थियो।

“लागू औषध,सिमा सुरक्षा र युवा” विषयमा आयोजित निबन्ध लेखन प्रतियोगितामा कक्षा १० की छात्रा सलमा खातुन प्रथम, कक्षा १० को सुर्यमान चौहान द्वितिय र कक्षा १० कै सरबेन्द्र कुमार बहेलिया तृतीय घोषित भएको २६ न. गणले जानकारी दिएको छ।

सिमावासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत निबन्ध लेखन प्रतियोगिता सहित शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको बताइएको छ।


सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले आजको युवा भविष्यका कर्णधार भएकाले युवा जनशक्तिलाई देश विकासको बाटोमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित