Rashtriya Dainik

अमेरिकामा खानेकुरा रातो बनाउने रङमा प्रतिबन्ध

एजेन्सी । अमेरिकाको खाद्य र औषधि सम्बन्धि हेर्ने प्रशासन(एफ.डी.एस.)ले खाना तथा औषधीमा प्रयोग गरिने रातो डाई नम्बर –३ भनिने रातो रङले क्यान्सर निमत्याउने भन्दै प्रतिबन्ध लगाएको छ ।

सामान्यतया प्रयोग हुने रातो डाईले मुसामा क्यान्सर निम्त्याउन सक्ने अवस्थामा रातो डाइ नम्बर–३९रातो रङ० को प्रयोग मानव स्वास्थ्यका लागि झन् खतरनाक हुने अमेरिकी विज्ञहरुको भनाई छ । यो रातो रङ अर्थात रेड डाई नम्बर– ३ खाना,पेय पदार्थ,चेरी र औषधिमा प्रयोग हुने गरेको छ । बेकरीमा बिभिन्न प्रकारका केकमा रङका लागि पनि डाई नम्बर– ३ प्रयोग हुने गरेको छ ।

अमेरिकाले उत्पादकहरुसँग यो रङको प्रयोग गरिएका खाद्यान्न,पेय पदार्थ लगायतका सामग्रीलाई जनवरी १५, २०२७ सम्मभित्र बजारबाट हटाइसक्न निर्देशन पनि दिएको छ । रातो डाई पेट्रोलियमबाट बनेको र रासायनिक रूपमा एरिथ्रोसिन भनेर चिनिन्छ । रातो डाई नम्बर ३ खाना र पेय पदार्थहरूलाई रातो रंग दिन प्रयोग गरिने सिंथेटिक रङ एडिटिभ हो। ३० वर्षअघि गरिएको परीक्षणमा मुसामा यो रङले क्यान्सर हुने गरेको पाइएको थियो ।

विज्ञहरूका अनुसार रातो डाई मात्रै नभएर हरियो र निलो डाई पनि स्वास्थ्यका लागि खतरनाक मानिन्छ । किनकि त्यसले मानिसमा क्यान्सर निम्त्याउँछ । एफ.डी.ए.ले डाई नम्बर – ३ नामक रातो रङलाई सम्भावित क्यान्सर जोखिमका कारण सौन्दर्य प्रसाधनबाट भने ३५ वर्ष अघि नै प्रतिबन्ध लगाएको थियो । ३५ वर्षपछि अमेरिकाले राष्ट्रको खाद्य आपूर्तिबाट समेत प्रतिबन्ध लगाएको हो । खाद्य तथा औषधि प्रशासनका अधिकारीहरूले दुई दर्जन खाद्य सुरक्षा तथा स्वास्थ्य अधिवक्ताहरूले दायर गरेको २०२२ को याचिकालाई स्वीकृति दिएका थिए, जसले केही क्यान्डी, स्न्याक केक र माराशिनो चेरीलाई चम्किलो रातो रङ दिने पदार्थलाई रद्द गर्न एजेन्सीलाई आग्रह गरेका थिए।

रातो रङ नम्बर ३ को उच्च स्तरको सम्पर्कमा आएका प्रयोगशालाका भाले मुसाहरूमा क्यान्सर भएको थियो । उत्पादकहरूबाट प्रतिबन्धले कानुनी चुनौतीहरूको सामना गर्नेछ कि छैन भन्ने कुराको भने स्पष्ट छैन ।
एफ।डी।ए।ले ३५ वर्ष अघि सन् १९९० मा कस्मेटिक्स र सामान्य औषधिहरूमा रेड ३ लाई अनुमति दिन अस्वीकार गरेको थियो । तर खाना र इन्जेस्टेड औषधिहरूमा रङ थप्ने पहिले नै अनुमति दिइएको थियो। किनभने अनुसन्धानले त्यतिबेला के देखाएको थियो भने मुसामा क्यान्सर हुने तरिका मानिसमा लागू हुँदैन ।

खाना र पेय पदार्थहरूलाई चम्किलो रातो रंग दिन प्रयोग गरिने यो हानिकारक रङबाट राष्ट्रका युवाहरूलाई जोगाउनु पर्ने खाद्य विज्ञहरुलको भनाई छ ।

युरोप, अष्ट्रेलिया र न्यूजील्याण्डमा केही प्रकारका चेरीहरू बाहेक खाद्य प्रयोगको लागि रातो ३ प्रतिबन्धित छ। जनवरी २०२७ देखि क्यालिफोर्नियामा यो रङ प्रतिबन्धित हुनेछ, र टेनेसी, अर्कान्सास र इन्डियानाका सांसदहरूले केही रङहरू, विशेष गरी सार्वजनिक विद्यालयहरूमा दिइने खानाहरूबाट सीमित गर्न प्रस्तावहरू दायर गरेका छन्। रंग उत्पादकहरूको अन्तर्राष्ट्रिय संघले रङको बचाउ गर्दै यो रङ मानिसहरुका लागि सुरक्षित भएको दाबी गरेको छ । नेपालमा भने यसको असरबारे खासै अध्ययन भएको छैन । नेपालमा धेरै खाद्यान्न आयातित छन् । त्यतिमात्रै होइन नेपालमा पनि जथाभावी रङको प्रयोग हुने गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित