Rashtriya Dainik

नेशनल मेडिकल कलेजमा स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न ।

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुको स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा एमएमबीएस ,बिडिएस, विएसी नर्सिङ, विएसी एमआइटी, विएसी एमएलटी र बिएनएस अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरिनुका साथै कलेजको शैक्षिक वातावरणको अवस्थाबारे जानकारी गराउँदै विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारी बोध गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

मेडिकल कलेजका प्रिन्सिपल डा.के.ऐन. सिंहको अध्यक्षता तथा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जेनुद्दिन अंसारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष अंसारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताको पहिचान गरी त्यही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउदै आएको बताए ।

कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी, बजार निर्देशक अबिद हुसेन अंसारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी,हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, बोर्ड अफ डाइरेक्टर रुबी अस्मिन, भाइस प्रिन्सिपल डा.सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ , नँया विद्यार्र्थी सहित अभिभावकलगायतको सहभागिता रहेको थियो ।

साथै विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरु प्रदान गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित