Rashtriya Dainik

सुस्ता गाउँपालिका ४ मा निजि विद्यालयहरुलाई एक कार्यक्रमका बिच डस्टबिन प्रदान

आरपि उपाध्याय / नवलपरासी ,४ माघ

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा सामुदायिक तथा निजि विद्यालयहरुलाई एक कार्यक्रमका बिच डस्टबिन प्रदान गरिएको छ।

विद्यालय वरिपरिका वातावरण स्वच्छ र सफा राख्ने उद्देश्यले फोहोर जम्मा गर्ने डस्टबिन वितरण गरिएको हो।
वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङको अध्यक्षतामा डस्टबिन वितरण गरिएको वडा सचिव भोज कुमारी जोशीले जानकारी दिनुभएको छ।

डस्टबिन वितरण गर्दै वडा अध्यक्ष गुरुङले विद्यालय वरिपरि कागज र प्लास्टिक जन्य वस्तु व्यवस्थापनको लागि डस्टबिन वितरण गरिएको बताउदै आगामी दिनमा फोहोर व्यवस्थापन गर्न अन्य ठोस कार्यक्रम गरिने पनि जानकारी दिनुभयो।

सुस्ता ४ मा रहेका विद्यालयहरु मध्ये नेपाल राष्ट्रिय मा.वि,सहिद विष्णु पाण्डे आधारभूत विद्यालय,पशुपति शिक्षा मन्दिर बिर्ता,मदरसा गौसिया अहलेसुन्नत र मदरसा हबिबियत उलन बिर्ता लगायत ५ विद्यालयहरुलाई डस्टबिन वितरण गरिएको वडा सदस्य भान कुमार राजभरले बताउनु भएको छ।

सो अवसरमा कार्यपालिका सदस्य मुना पुन,वडा सदस्य कुन्ती हरिजन, संघसंस्थाका प्रतिनिधि र वडा कार्यालय कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

सुस्ता ४ वडा कार्यालयले यस पुर्व पनि बिर्ता चोक,बिर्ता मन्दिर र वडा कार्यालय आसपासका क्षेत्रमा समेत डस्टबिन सहितको फोहोर व्यवस्थापन गर्ने सामाग्री वितरण गरिसकेको वडा कार्यालयले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित