राजन कुमार बानिया /पर्सा,३ माघ
पर्साको धोबिनी गाउँपालिका वडा नं १ घोडदौरामा रहेको श्री नेपाल रास्ट्रिय प्राथमिक बिधालय अायोजना गरेको बिदाई तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ।
नेराप्राबी घोडदौराका प्रअ महम्द मुस्तुफा अंसारी सेवा निबृत हुन भएकोले अाज एक कार्यक्रमका बिच ससम्मान बिदाई र सम्मानित गरिएको छ।
पुर्व प्रअ मुस्तुफा अंसारीले ३५ वर्ष दस महिना देखि श्री नेपाल रास्ट्रिय प्राथमिक बिधालय घोडरौरा प्रअको जिमवारी ईमान्दारी पुर्बक निर्वाह गर्नु भएकोले सम्मान सहित बिदाई गरिएको छ।
बिदाई तथा स्वागत सम्मान कार्यक्रमका प्रमुख अतिथि रहनु भएका धोबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत असोक रौनियारले भने सेवा निबृत प्रधानाध्यापक मुस्तुफा अंसारीको सेवा बाट बाकी रहेको जिवन शुखमय बितोस भन्ने कामना समेत गर्नु भएको थियो।
अगामि दिनमा बिधालयको उतरोतर प्रगति होस भन्ने कामना समेत गर्नु भएको थियो । अगामी दिनमा गाउँपालिका बाट र अाफ्नो ब्यक्तिगत सहयोग रहने गाउँपालिका अध्यक्ष चौहानले बताए । बिदाई तथा स्वागत सम्मान कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष एवम वडाअध्यक्ष बन्धु साह तेलीको अध्यक्ष्ातामा सम्पन भएको थियो। कार्यक्रममा गाउँपालिका
उपाध्यक्ष प्रतिनिधि श्याकिसोर पटेल, शिक्षा प्रमुख बृजकिशोर त्रिपाठी, वडाअध्यक्ष देबेन्द्र पटेल, अबास मियाँ ,राजकिसोर पटेल, मनौर मियाँ , बिधालयका प्रअ ,शिक्षक, गाउँपालिका कर्मचारी,सुरक्षाकर्मी,पत्रकार, लगायत अबिभावक , बिधार्थी हरुको सहभागीता रहेको थियोे ।कार्यक्रम संचालन शिक्षक प्रभु पटेलले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

