एजेन्सी | अभिनेता सैफअली खानमाथि घुसपैठको आक्रमण भएपछि उनको परिवारले आधिकारिक बयान जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘श्रीमान् सैफअली खानको निवासमा चोरीको प्रयास भएको थियो । उहाँ हाल अस्पतालमा शल्यक्रियाको क्रममा हुनुहुन्छ । हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न अनुरोध गर्दछौं । यो पुलिसको मामला हो । हामी तपाईंलाई अपडेट राख्नेछौं ।’
उनीमाथि मुम्बईस्थित घरमै छिरेर एक व्यक्तिले छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

