राष्ट्रिय दैनिक / नवलपरासी ,१ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २, मनरीमा १९ औं खीचडी(माघी) महोत्सव मेला दास्राे दिनकाे कार्यक्रम सम्पन्न भएको छ।
सरावल गाउँपालिका र सरावल २ वडा कार्यालयकाे सहयोग एवं श्रीराम युवा प्रतिष्ठान मनरीकाे आयाेजनामा प्रतिष्ठान अध्यक्ष चक्रमणि चाैधरीकाे अध्यक्षता तथा पुर्वमन्त्रीएवं सांसद धुर्ब बहादुर प्रधानकाे प्रमुख आतिथ्यतामा मेलाकाे दाेस्राे दिनको कार्यक्रम सम्पन्न भएको हाे।

सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्वमन्त्री प्रधानले मनरीकाे माघि मेला नेपाललाई प्रतिनिधित्व गरेको बताउनुभएको हाे। सांसद प्रधानले थारु समुदायकाे कला संस्कृति विश्वब्यापि रुपमा छाएको समेत चर्चा गर्नुभएको थियो । यश मेला स्थलकाे बिकासका लागि आफुबाट हुने सहयोग साथ दिने प्रतिबद्धता सहित माघिकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै साे कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , जिसस प्रमुख रुदल यादव (भगाैती) ,सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी ,निवर्तमान पालिका अध्यक्ष राधेश्याम चाैधरी लगाएतले खिचडी पर्बकाे चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा थारु समुदायको खानाकाे परिकार सहित माैलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

