Rashtriya Dainik

अमराैडमा खिचडी (माघी) सांस्कृतिक कार्यक्रम , नेता कण्डेलले गरे उदघाटन

राष्ट्रिय दैनिक / नवलपरासी ,१ माघ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १४, अमराैडमा खिचडी (माघी) सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

रामग्राम नगरपालिका वडा नं. १४ काे सहयोग तथा खिचडी (माघी) कार्यक्रम व्यवस्थापन समितिकाे आयाेजनामा सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरिएको हाे।


खिचडी (माघी) कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ चाैधरीकाे अध्यक्षता तथा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पुर्व मन्त्री देबेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हाे।

सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्वमन्त्री कण्डेलले माघि पर्व नेपालमा मात्र नभएर देश बिदेशमा समेत मनाउन थालिएको बताउनुभएको हाे। थारु समुदायकाे कला संस्कृति विश्वब्यापि रुपमा छाएको समेत चर्चा गर्नुभएको थियो । नेता कण्डेलले थारुले पुर्खादेखि खादै आएकाे घाेङ्गि अहिले हरेक समुदायकाे प्रिय बनेकाे बताउदै याे निकै पाैष्टिक अहार भएको हुनाले ठुलाठुला हाेटल रेष्टुरेन्टमा समेत धेरै धेरै रकममा बिक्रीवितरण हुन थालिएको कुरा राख्दै माघिकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै साे कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , थाकस केन्द्रीय सदस्य सुर्यमान चाैधरी , थाकस केन्द्रीय पार्सद पशुपति चाैधरी लगाएतले खिचडी पर्बकाे चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा थारु समुदायको खानाकाे परिकार सहित माैलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित