राष्ट्रिय दैनिक / नवलपरासी ,१ माघ
भूमि आयोग नवलपरासी पश्चिमको अध्यक्षमा लाल बहादुर गुरुङ नियुक्त हुनुभएको छ । नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा रहनु भै हाल महासमिति सदस्य पदमा रहनु भएका गुरुङलाई सरकारले गठन गरेकोको भूमि आयोगमा जिल्ला अध्यक्षको रुपमा नियुक्त गरेको हो । गुरुङ बर्दघाट नगरपालिका वडा नम्बर १५ पृथ्वीबस्ती निवासी हुनुहुन्छ ।
सरकारले ५६ जिल्लामा भूमि आयोग गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका ती जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गर्नु भएको हो ।
सत्तारुढहरु दलहरुबीच कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएको बताईएको छ । सरकार परिवर्तन सगै आयोग पनि ढल्ने परिपाटीले पश्चिम् नवलपरासीमा पुर्जा बितरणमा समेत ढिलाई भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

