आरपि उपाध्याय / नवलपरासी ,१ माघ
साना किसान कृषि सहकारी संस्था लि. त्रिवेणीको २८ औं साधारणसभा सोमबार लक्ष्मीपुरमा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष सरस्वती बस्नेतको अध्यक्षता तथा विनयी त्रिवेणी गा.पा. अध्यक्ष घनश्याम गिरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि गिरीले आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण कार्य त्रिवेणी दुम्किबास सडक नै रहेको बताउदै विद्यमान कानुनी जटिलतालाई अन्त्य गरि आफ्नो कार्यकालको बाँकी समयमा सडक निर्माण कार्य गरि छोड्ने जिकिर गर्नुभयो।
उहाँले विनयी त्रिवेणी ७ मा पर्ने साना किसान कृषि सहकारी संस्थामा देखा परेको समस्या समाधान गर्न पाँच सदस्यीय कार्यदल गठन गरि सहकारी समस्या समाधान गरिने धारणा पनि राख्नुभएको थियो।
साधारणसभामा साना किसान,लघु बित्त वित्तीय संस्था,केन्द्रिय कार्यालयका सञ्चालक सुखदेव न्यौपानेले साना किसान कृषि सहकारी संस्थामा समूह अन्तरसमुह हुँदै संस्थाका सेयर सदस्यले ऋण सिफारिस गर्दा पारदर्शी हुँदै आएको बताउदै अधिकांश साना किसान सहकारी संस्थाका सञ्चालकहरुले आफैले गरेको निर्णय आफुले नै बुझ्न नसकेको हुँदा समस्या चुलिएको जिकिर गर्दै सबै सहकारी कर्मीहरुले विधि, विधान सम्मत ढंगले अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो।
साधारणसभामा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,साना किसान बैंक बुटवल शाखा प्रबन्धक शेर बहादुर चौधरी, सल्लाहकार दिपक कुवर,शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश कुवर लगायतले सहकारी गतिविधि माथि प्रकाश पार्नुभएको थियो।
साधारणसभामा संस्थाकी अध्यक्ष बस्नेतले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारी कार्यक्रममा सबैले सहमति, सहकार्य,एकताको भावनाले अगाडि बढ्नुपर्ने बताउदै असहमतिमा पनि सहमतिको माध्यमबाट अगाडि बढियो भने गन्तव्यमा पुग्न सकिने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा लेखा समिति सदस्य रामकाजी खड्काले लेखा समितिको प्रतिवेदन र पशु बिमा उपसमितिका संयोजक भोलानाथ लामिछानेले पशु बिमा सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
संस्थाले गत आ.व. मा कुल १ करोड ६४ लाख शुद्ध नाफा गरेको साधारणसभामा जानकारी गराइएको थियो।
साना किसान कृषि सहकारी संस्था त्रिवेणीमा पछिल्लो केहि समय यता विनियम सम्बन्धि गरिएको प्रावधान कार्यान्वयन गर्दा बढेको असन्तुष्टिले सारा सहकारी क्षेत्रमा नै निराशा छाएको पनि सहभागीहरुले बताएका छन।

संस्थामा भएको समस्या समाधान गर्न प्रकाश कुवरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि गठन भएको छ । जसको सदस्यहरुमा यम प्रसाद पौडेल, सरीता शर्मा,नुरेन्द्र शाह र सुस्ता १ का वडा अध्यक्ष अशोक चौधरी रहनु भएको छ।
कार्यदलले संस्थाभित्र मौलाएको प्रशासनिक र बैधानिकता बारे अध्ययन गरि प्रतिवेदन तयार पारी विनयी त्रिवेणी गाउँपालिकाको कार्यालयमा बुझाउने निर्णय भएको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

