कृष्ण यादव /बीरगंज, २९ पुस ।
प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा लागूऔषध चरेश बरामद गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख एवम प्रहरी निरीक्षक निरोज चौलागाईको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ गणेशटोल स्थित एक घरमा छापा हानि घरको खानतलासी गर्दा बोरा भित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागू औषध चरेश ठुलो परिमाणमा बरामद गरेको हो।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक चौलागाईले लागूऔषध चरेश १९ किलो ग्राम रहेको बताउनुभयो।उनिले यो विषयमा आवश्यक अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

