Rashtriya Dainik

इस्लामिक सहयोगी समाजद्वारा मदरसा अरबिया अहले सुन्नत रजाउल ओलुममा पाेषाक बितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ भुजहवामा अवस्थित मदरसा अरबिया अहले सुन्नत रजाउल ओलुममा पाेषाक बितरण गरिएको छ।

इस्लामिक सहयोगी समाजद्वारा मदरसा अरबिया अहले सुन्नत रजाउल ओलुममा अध्ययनरत १२० जना विद्यार्थीहरुलाई पाेषाक (कुर्ता र सुरवाल) बितरण गरिएको हाे।

सरावल ४ का युवा बिदेशमा रहि नेपालका अन्य युवाहरूलाई समावेशगरि ईस्लामिक सहयोगी समाज गठन गरि नेपालमा विभिन्न सामाजिक काम गर्ने उद्देश्य सहित मदर्शामा शैक्षिक पाेषाक वितरण गरिएको हाे । युवाहरु बिदेशमा भएपनि सानो प्रयास अगामि दिनमा ठुलो भन्दै सहयोगको स्थानीयले प्रशंसा ब्यक्त गरेका थिए ।

पाेषाकले विद्यार्थीको शैक्षिक विकासमा मद्दत पुग्ने अभिभावकहरुले बिश्वास ब्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित