आरपि उपाध्याय / नवलपरासी ,२५ पुस
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको १७ औं गाउँ सभा हिउँदे अधिवेशन बेलाटारीमा सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा गाउँ सभा तथा अधिवेशन सम्पन्न भएको हो।

गाउँ सभा तथा हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै सभा अध्यक्ष यादवले प्रतापपुर गाउँपालिकामा आयोजित पालिका बैठक तथा अन्य विकासे कार्यक्रममा बहुमतको अभ्यास नगरी सम्पुर्ण विकास निर्माण तथा अन्य गतिविधि सञ्चालन गर्दा सर्वसम्मत तरिकाबाट पालिका अगाडि बढेको धारणा राख्दै सभामा वडागत र शाखागत रुपमा उठेको प्रश्नको जवाफ दिदै अध्यक्ष यादवले सभामा प्राप्त सुझाव र सल्लाहलाई पुर्ण सम्मान गर्दै विधिसम्मत ढङ्गबाट पालिका अगाडि बढ्ने धारणा राख्नु भएको थियो।

सो अवसरमा आर्थिक वर्ष ०८१/०८२ को १७ औं गाउँ सभा हिउँदे अधिवेशनमा पारित संशोधनको लागि पेस गरिएका निर्देशिका नीतिहरुमा खानेपानी तथा सरसफाइ समितीको गठन एवं सञ्चालन सम्बन्धि २०८१ पारित गरिएको थियो भने कृषक समूह गठन गर्न कार्य विधि,बजार अनुगमन, निर्देशिका,लैङ्िगक समानता,अपाङ्गता तथा सामाजिक समावेशीकरण नीति,युवा र महिला समूह गठन,शिक्षक स्वर्णिम अवकाश योजना,फोहोरमैला व्यवस्थापन,आधारभुत अस्पताल व्यवस्थापन तथा कार्यविधि २०७९ पहिलो संशोधन प्रतापपुर टोल विकास समिती गठन र प्रतापपुर गा.पा. सञ्चालन कार्यविधि लगायत २१ बुदे निर्णायर्थ प्रस्तुत र स्वीकृतिको लागि पेस भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरीले जानकारी दिनुभएको छ।

“हामी सबैको सार्थक प्रयास प्रतापपुर गाउँपालिकाको समग्र विकास” भन्ने मुल नाराका साथ आयोजित गाउँ सभामा पालिका अन्तर्गतका सभासद,शाखा प्रमुख र वडा सचिवहरुको पनि उपस्थिति रहेको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

