प्रकाश न्यौपाने / नवलपरासी ,२५ पुस
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नेपालको शिक्षा ऎन २०२८ का कारण प्रदेशले राम्रो काम गर्ने नसकेको उल्लेख गर्नु भयो । सङ्घीय शिक्षा ऐन परिमार्जन नगरेसम्म प्रदेश सरकारले शैक्षिक क्षेत्रमा प्रभावकारी काम गर्न नसक्ने मन्त्री तिमिल्सिनाको दाबी रहेको छ ।
हामीसँग पुरानो शिक्षा ऎन रहेको उल्लेख मन्त्री तिमिल्सिनाले शिक्षालाई व्यावसायिकतासँगै जोड्न आवश्यक रहेको बताउनु भयो । प्रविधिसँग जोड्न २०२८ सालको शिक्षा ऎनले नसकिने तर्फ इन्कित गर्दै मन्त्री तिमिल्सिनाले अहिलेको शिक्षाले सैद्धान्तिक बढी र प्रयोगात्मक कम भएको उल्लेख गर्दै शिक्षालाई सीपसँग जोड्नु धारणा राख्नु भयो । “शिक्षा क्षेत्रलाई पर्यटन, कृषि, सीप र रोजगारसँग जोड्नु पर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ ।” मन्त्री तिमिल्सिनाले भन्नु भयो ।
बर्दघाट ०४ मा रहेको दाउन्नेदेवी माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षाको गुणस्तर सुधार्न सबै पक्षको समान दायित्व रहेको उल्लेख गर्नुभयो। “शिक्षा क्षेत्रलाई राज्य र समाजले पर्याप्त महत्त्व दिन सकेको छैन। लुम्बिनी प्रदेशलाई शिक्षाको हव बनाउने ठूलो सम्भावना छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले विद्यार्थी मैत्री वातावरणमा कक्षा शिक्षण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सिकाइ प्रभावकारी बनाउन आधुनिक पद्धति र प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। अहिले विश्व सूचना तथा प्रविधिका कारण एउटा गाउँ भएको उल्लेख गर्दै खनालले विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका वन वातावरण मन्त्री देवकरण कलवार र लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले शैक्षिक गुणस्तरमा अब्बल नतिजा हासिल गर्ने तर्फ विद्यालय लाग्नु पर्ने धारणा राख्नु भयो ।
मन्त्री तिमिल्सिनाले विद्यालयको नवनिर्मित २ कोटे भवनको उद्घाटन समेत गर्नु भएको छ । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरू, उत्कृष्ट नतिजा दिन सफल शिक्षकशिक्षिकाहरू, पुर्व शिक्षक तथा पूर्व प्रधानाध्यापकलगायतलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रलाल न्यौपानेले हाम्रो विद्यालय राम्रो विद्यालय, हाम्रा विद्यार्थी अनुशाशित र मेहनती विद्यार्थी, सहयोगी अभिभावक, शिक्षण पेसामा समर्पित शिक्षकको रुपमा विद्यालयले निरन्तर प्रगति गर्दै सस्कारयुक्त, प्रविधि मैत्री शिक्षामा जोड दिएको बताउनु भयो । विद्यालयमा ७ सय ६० जना विद्यार्थीहरु अध्यनरत रहेका छ्न ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बस्यालको अध्यक्षता, शिक्षक भोजराज चापागाइँको सञ्चालन र सहायक प्रअ डि.बि. चौधरीको स्वागत रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

