कृष्णनगर, २५ पाैष ।
कपिलवस्तुमा ३ खुन डाँकासहित पाँच वटा मुद्दाको एउटै फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाकाे कृष्णनगर नगरपालिका- १ गुर्चिहवा (साविक गाविस वडा नम्बर ५) बस्ने ५७ वर्षीय साेमई भन्ने प्रकाश कहारलाई उक्त आराेपमा प्रहरीले पक्राउ गरि कारागार चलान गरेकाे हाे ।
प्रहरीका अनुसार ३ खुन डाँका, १ डाँका तथा चोरी मुद्दा गरी ५ वटा मुद्दा कहारलाई लागेका छन् । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई खाेजतलास गर्ने क्रममा गुर्चिहवाबाटैे पक्राउ गरिएकाे हाे ।
विभिन्न मितिमा फैसला भई कैद सजाय र बाँकी ३ लाख ५२ हजार ७ सय ७८ रुपैयाँ जरिवाना असुल उपरको लागि फरार प्रतिवादी कहारलाई जिल्ला अदालतमा पेश गरि बिहिवार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले नायव जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

