Rashtriya Dainik

पाल्हिनन्दनमा घुस लिएको आरोपमा दुई जना पक्राऊ

बिनोद निगम /नवलपरासी ,२४ पुष

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ गेरमि स्थित राजनारायण माध्यमिक विद्यालयका २ जना लाई बुटवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विद्यालयभित्रै घुस लिएको आरोपमा घुस रकम सहित लेखापाल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा लेखापल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारबाट ६५ हजार घुस सहित पक्राउ परेका छन्।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ गरेको हो ।

उनीहरूले भवन निर्माण पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको तथा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित