धर्मेन्द्र कुमार कुर्मी / बिजयनगर,२४ पुस
विजयनगर गाउँपालिका–३ ले युवाहरुको खेल प्रतिभा विकासका लागि वडा स्तरीय खेलाडीहरूलाई ड्रेस तथा खेल सामग्री वितरण गरेको छ।
वडा नं.३ का अध्यक्ष हृदय बिकाश चौधरी (बिके चौधरी) को अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न खेलका स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई खेल सामग्री प्रदान गरिएको हो।
यस अवसरमा अध्यक्ष चौधरीले युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलको महत्वलाई उल्लेख गर्दै आगामी दिनमा पनि खेल क्षेत्रको विकासका लागि वडा प्रतिबद्ध रहेको बताए।

स्थानीय खेलाडीहरूले वडा कार्यालयको यस कार्यप्रति खुशी व्यक्त गरेका छन्। उनीहरूले आफूहरूको खेल यात्रामा यस किसिमको सहयोगले थप ऊर्जा मिल्ने प्रतिक्रिया दिए।
कार्यक्रममा वडा सदस्य, स्थानीय युवा तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

