आरपि उपाध्याय / नवलपरासी ,२४ पुस
पश्चिम नवलपरासी सुस्ता ५ पक्लिहवामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ स्थित शिक्षा तथा युवा विकास विनयी त्रिवेणी ६ का सदस्य समेत रहनु भएका नेपाल आधारभुत विद्यालय सुस्ता प्रसैयाका प्र.अ. यम सिंह थापाको ममतामयी आमा बिन माया थापाको ०८१ पौष १६ गते निधन भएको नवौं पुण्यतिथीका दिन श्रद्धाञ्जली समारोह सम्पन्न भएको हो।

विनयी त्रिवेणी वडा न.६ र ७ अन्तर्गतका प्रधानाध्यापक,शिक्षक एवं पुर्व प्रधानाध्यापकहरुको पनि श्रद्धाञ्जली कार्यक्रममा उपस्थिति रहेको थियो।
दिवङ्गत ममतामयी आमा बिन माया थापा लामो समयदेखि अस्वस्थ हुनु भएको थियो भने उहाँको ८६ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।
विनयी त्रिवेणी ६ स्थित नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. त्रिवेणीका प्र.अ. दिनेश कुमार पाण्डेको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुर्व प्र.अ. आर.पि. उपाध्याय लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो।
सोही अवसरमा नेपाल शिक्षक संघ विनयी त्रिवेणी गाउँपालिका कार्यसमितिका अध्यक्ष समेत रहनु भएका प्र.अ. पाण्डेले नेपाल शिक्षक संघ विनयी त्रिवेणी गाउँपालिका का सहसचिव एवं प्र.अ. यम सिंह थापालाई समवेदना पत्र सहितको फोटो हस्तान्तरण गर्नु भएको कार्यक्रम सञ्चालक एवं नारायणी गण्डकी मा.वि. त्रिवेणीका शिक्षक शिव प्रसाद बस्यालले जानकारी दिनुभएको छ।

शोक समारोहमा शिवपुरगढी मा.वि. का प्र.अ. अदम बहादुर थापा,सुर्यदय प्रा.वि. साहुमाराकी प्र.अ. भुमादेवी पोख्रेल, नवदुर्गा प्रा.वि. केउलानीका प्र.अ. सन्दिप गुप्ता, मदर्सा विद्यालय बनकट्टीका प्र.अ. श्याम चौधरी,गजेन्द्र मोक्ष विद्यालयका प्र.अ. विष्णुप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

