Rashtriya Dainik

पाल्हिनन्दन गाउँपालिका बेखवर, न्यानोका लागि दाउरा वितरण गर्ल

बिनाेद निगम / नवलपरासी ,२४ पुस

नवलपरासीमा अत्यधिक चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । चिसोले विशेषगरी बालबालिका, बृद्धबृद्धा, दम रोगका विरामी र गरिवीको रेखामुनी रहेका समुदाय बढि प्रभावित भएका छन् ।

चिसोले यो समुदाय प्रभावित भए पनि पाल्हिनन्दन गाउँपालिका भने बेखवर छ । चिसो बढेपछि न्यानोका लागि बाल्न दाउरा वितरण गर्ने परम्परा भए पनि यसपाली पाल्हिनन्दन गाउँपालिकाले कुनै चासो नदेखाएको भन्दै सर्वसाधारणले आक्रोस ब्यक्त गरेका छन् ।

पाल्हिनन्दन गाउँपालिका १ का स्थानीयवासी हरिबहादुर साहनी गाउँपालिकाले गरिव,असहाय,बृद्धबृद्धा र विरामीको जनजिवनमा खेलवाड गरेको बताए । उनले भने, ‘चिसोले जनजिवन प्रभावित छ । न्यानोका लागि आगोको सहारामा जिउने गरिव, असहाय, बालबालिका, बृद्धबृद्धा र दम रोगका विरामी प्रत्यक्ष प्रभावित भएपनि पाल्हिनन्दान बेखर जस्तै गरि कानमा तेल हालेर सुतेको छ । योभन्दा दुखदायी अरु हुन सक्दैन ।’

पाल्हिनन्दन गाउँपालिकाका स्थानीयहरूले भने गाउँबासीलाई चिसोबाट जोगाउन पाल्हिनन्दन गाउँपालिकाले चासो नदिएको बताए ।

पाल्हिनन्दन गाउँपालिका वाड नं १ वडा कार्यालयले दाउराका लागि गाउँपालिका लाई पत्र बुझाए पनि अहिले सम्म वितरण गरेको देखिन्न । ‘नवलपरासीका जनप्रतिनिधिले गैरजिम्मेवारीपना देखाउँदा नगरबासी चिसोबाट मर्ने अवस्था सिर्जना भएको छ ।

शितलहरले पाल्हिनन्दनको मुख्य बजारमा समेत सर्वसाधारणको आउजाउ पातलिएको छ । चिसोसँगै चल्ने हावाले रुघाखोकी र ज्वरोका विरामी बढ्दो छ । चिसोको कारणले गर्दा अहिले जिल्लादेखि स्थानीय मेडिकल र स्वास्थ्य केन्द्रहरूमा चिसोका विरामीको संख्या अत्यधिक बढ्दो गएको छ ।

चिकत्सकले बताएको अनुसार चिसो बढेपछि रुघाखोकी, ज्वरो, टाइफाइड र दम रोगका विरामीको संख्या बढेको बताए । उनले चिसोबाट जोगिन अति जरुरी काम बाहेक अन्य काममा घरबाट बाहिर ननिस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान सुझाव दिएका छन् । ‘कोठा न्यानो बनाउने नाममा कोठामा आगो बाल्दा र हिटर बालेर सुत्दा स्वास प्रश्वासमा समस्या आउँदा स्वास्थ्य अवस्था विग्रिन सक्छ,’ उनले भने, ‘आगो र हिटर बाल्दा हावा पास हुने कोठा हुन आवश्यक छ । यस्तो भएन भने निसासिएर ज्यान जान पनि सक्छ । यसतर्फ सजग हुन आवश्यक छ ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित