विनोद निगम – नवलपरासी-२४ पुस
पूर्व पश्चिम राजमार्ग अधिक चिसो र शीतलरी पानीको करणले बाटो चिप्लो र हुस्सुले गए राति १:४० बजेको समयमा राजमार्ग सडक अवरुद्ध भएको हो ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानी खोला
स्थित पुर्व-पश्चिम राजमार्गमा हुस्सु र शितलहरको कारण बाटो चिप्लो भई दुई तर्फी बाटो अवरोध प्रहरीले जनाएको छ । हुस्सु र शीतलहरका कारण बाटो चिप्लो हुँदा यातायात सञ्चालन गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी रेशम बोहराले बताए।

बुधबार बिहान ३ बजेदेखि एकतर्फी बाटो खुलाए पनि झिम झिम शीतलरीको पानीले बाटो चिप्लो भएको कारणले मालबाहक सवारी केही समय सञ्चालनमा आए पनि सडक पुन दुवैतर्फ अवरुद्ध भएको छ भने सहज आवागमनका लागि पहल गरिरहेको डिएसपी बोहराले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

