Rashtriya Dainik

दुई मोटरसाइकिल र ब्राउन सुगरसहित दुईजना पक्राउ

बिनाेद निगम / नवलपरासी ,२१ पुस

पश्चिम नवलपरासीको कसियाबाट गएको शुक्रबार अन्जादी दिउँसो १ :३५ बजेको समयमा भारतीय नम्बरको मोटरसाइकल सहित दुई युवक लाई ब्राउन सुगर समेत प्रहरीले बरामद गरेको थियो।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नं.१७ बस्ने वर्ष १९ को परिक्षित यादव र वर्ष २२ को बिरु तेली रहेको प्रहरीले जनाएको छ।

रामग्राम नगरपालिका वडा नं.१२ कसिया गाउँ स्थित परासी-भुमही सडकखण्डबाट कसियातर्फ जाने भित्री पक्की सडकखण्डमा परिक्षित यादव र वर्ष २२ को बिरु तेलीले चलाई ल्याएको क्रमश: यूपी ५६ ए क्यु १०३० र यूपी ५६ ऐसी ८३६१ नम्बरको मोटरसाईकल रोकी शंकास्पद कारोवार गरिरहेको अवस्थामा प्रहरी टोलिले सोधपुछ गरी निजहरुको शरीर समेत खानतलासी गर्दा बिरु तेलीले लगाएको NIKE लेखिएको कालो ज्याकेटको बाँया गोजीमा लुकाई छिपाई राखेको कालो प्लाष्टिकको पोकोभित्र सेतो प्लाष्टिकमा राखेको ११ पुरिया खैरो रातो रङ भएको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला परेको हो ।

ब्राउन सुगर तौल गर्दा प्लाष्टिक रहित नेट तौल १० ग्राम ८८० मिलिग्राम (दश ग्राम आठ सय असी मिलिग्राम ) लागु औषध ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

उनीहरूले ल्याएको माथि उल्लेखित मोटरसाईकल र पक्राउ परेका साथबाट एक थान POCOM3 स्क्रिन टच मोबाईल थान-१ र MTR लेखेको किप्याड मोबाईल थान-१, समेत वरामद भएको हो।

पक्राउ परेका युवकहरूलाई जिल्ला अदालत नवलपरासी बाट १० दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित