Rashtriya Dainik

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु एक जना घाइते ।

अनिल बानियाँ / नवलपरासी , २१ पुस

पश्चिम नवलपरासीको सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार घाईते भएको छन् ।

मृत्यु हुनेमा रामग्राम नगरपालिका- ५ बस्ने वर्ष अन्दाजी १८ को दिप प्रजापति रहेको छ । सोही स्थान बस्ने बर्ष १९ को सुरज सहानी घाईते रहेको प्रहरीले जनाएको छ।

आज दिउँसो करिब १:५० बजे समयमा सुनवल नगरपालिका- २ बत्रौलीस्थित सुनवल परासी भित्री सडक खण्डमा परासीबाट सुनवल तर्फ आउदै गरेको लु ९८ प १७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही दिशा तर्फ बिग्री (टायर पन्चर) रोकी राखेको ईन्जिन बिनाको उखु लोड भएको ट्याक्टरको ट्रालीमा ठोकिँदा दुर्घटना भएर चालक र पछाडी सवार घाईते भएका थिए ।

घाईतेहरुलाई तत्काल उपचारका लागि भैरहवास्थित मेडिकल कलेज रुपन्देहीमा पुऱ्याउदा मोटरसाइकल चालकलाई अस्पतालका डाक्टरले दिउँसो ३ बजे मृत घोषण गरेको हो ।

घाईते मध्ये पछाडी सवार सुरज सहानीको सोही मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं डीएसपी रेशम बोहराले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम पश्चात् आफन्तले बुझिलगेको र घटना बारे थप अनुसन्धान कार्य भईरहेको डिएसपी बोहराले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित