Rashtriya Dainik

नेपाल रेडक्रस सोसाईटि सुनवल उपशाखाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,२० पुस

नेपाल रेडक्रस सोसाईटि सुनवल उपशाखाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उपशाखाका सभापति गोपाल प्रसाद शर्माको अध्यक्षता तथा सुनवल वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पङ्गेनीले रेडक्रस सोसाइटी परोपकारी संस्था भएको र सुनवलमा अत्यन्तै राम्रो काम गरेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाले विभिन्न समयमा मानविय हितको लागी गरेको कार्य प्रशंसनिय रहेकोे बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद लामिछानेले कार्यक्रमको उपादेयता, रेडक्रसको परिचय संगै जा हेनरी ड्युनाको बारेमा प्रकाश पार्नुभएको थियो ।

जुरेस/युरेस समिति कोषाध्यक्ष संगम पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा सल्लाहकार थान प्रसाद गैरे, बोधराज घिमिरे, मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञ प्रसाद पाण्डे, जिल्ला कमिटि तथा उपशाखा सदस्य रुद्र कुमारी कण्डेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन उपशाखाका सचिव पदम प्रसाद पौडेलले गर्नुभएको थियो ।

उपशाखाको आर्थिक वर्ष २०८०/०८१ को अध्यक्षको प्रतिवेदन सचिव पदम प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन लेखा संयोजक ईन्द्र प्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको थियो । उपशाखा सुनवलमा २४ लाख ५० हजार निक्षेप रहेको प्रतिवेदनमा जनाईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित