Rashtriya Dainik

जिल्ला सहकारी संघ नवलपरासीको ४३ औँ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,२० पुस

जिल्ला सहकारी संघ लि. नवलपरासीको ४३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले सहकारीहरुले कृषि उत्पादनमा विशेष लगानी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले जिल्ला संघको नियमित वार्षिक कार्यक्रमहरुका साथ विशेष कार्यक्रम अन्तरगत सहकारी शित भण्डार नवलपरासीको निर्माण र सञ्चालनको कार्यलाई अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममा सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सचिव चण्डी प्रसाद पाण्डेले जिल्ला सहकारी संघ बर्दघाट सुस्ता पश्चिममा संचालनमा आएका संस्थाहरु सुनवल नगरपालिकामा ५० वटा, बर्दघाट नगरपालिकामा ३८ वटा, रामग्राम नगरपालिकामा ३२ वटा, सरावल गाउपालिकामा २६ वटा, पाल्हीनन्दन गाउपालिकामा १७ वटा, प्रतापपुर गाउपालिकामा ४४ वटा र सुस्ता गाउपालिकामा १६ वटा गरी जम्मा २ सय २३ वटा सहकारी संघ संस्थाहरु मध्ये जिल्ला सहकारी संघमा १ सय ८४ संघ संस्था आवद्ध रहेको र ती मध्ये पनि सहकारी शित भण्डारमा लगानी गर्ने सहकारीहरुको संख्या ७९ वटा रहेको जानकारी दिनुभयो ।

यस्तै कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष हैदर अलि मोमिनले प्रस्तुत गर्दै संस्थामा आव २०८०/०८१ मा ४९ लाख ५३ हजार ९ सय ९० रुपैया यथार्थ आय भई ५२ लाख ४६ हजार १ सय ८५ रुपैया यथार्थ खर्च हुन गई २ लाख ९२ हजार १ सय ९५ रुपैया कर अघिको नोक्सान देखिएको जानकारी दिनुभयो । लेखा सुपविेक्षण समितिको प्रतिवेदन लेखा संयोजक र्दीघजीवी पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष राजन आचार्य, लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल, जनकल्याण बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष दधिराम भण्डारी, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पूर्ण प्रसाद तिमिल्सीना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संचालक समिति सदस्य कृष्ण बन्धु अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव चण्डी प्रसाद पाण्डेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित