कपिलवस्तु, पुस २०
कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चासोको विषयका साथ हेरिएको थियो।
उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा रितेश शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामकुमार गुप्ता लाई ५० मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् ।
त्यसै गरि वरिष्ठ उपाध्यक्षमा नसरूल्ला खां, उपाध्यक्षमा रबिन्द्र कुमार गुप्ता, महासचिवमा हरिओम तुल्स्यान , सचिवमा ऋसब अग्रवाल विजयी भएका छन्।
कोषाध्यक्षमा प्रतिक अग्रवाल तथा महिला सदस्यमा उर्मिला कुमारी कुर्मी निर्विरोध विजयी भएका छन्।
कार्यसमिति सदस्यमा बैजनाथ अग्रहरी, विरेन्द्र कुमार मौर्य, पवन कुमार अग्रवाल, निर्मल पराजुलि, विकास अग्रवाल, सन्दीप कुमार जयसवाल, आसिष कुमार गोयल, गज्जु चौहान, विपिन कुमार गुप्ता, मनिराम कहार, राम औतार कलवार, महेश कुमार अग्रहरी विजयी भएकाे मुख्य निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

