Rashtriya Dainik

नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाद्वारा न्यानो कपडा

आरपि उपाध्याय / नवलपरासी ,२० पुस

नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखा विनयी त्रिवेणी ६ नवलपुरको आयोजनामा न्यानो कपडा एक कार्यक्रमको बिच वितरण गरिएको छ।

विनयी त्रिवेणी ७ अन्तर्गतका अति विपन्न दलित परिवारका ३० व्यक्तिहरुलाई न्यानो कपडा, कम्मल वितरण गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखा समितिकी सभापती रन्नता काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीले शीत लहर बढन गइ कठाग्रीने जाडोबाट बच्न कम्मल वितरण कार्य गरिएको बताउनु भयो।
न्यानो कपडा वितरण कार्यक्रममा वडा न. ६ का वडा अध्यक्ष नुरेन्द्र शाह,सरीता शर्मा लगायतले न्यानो कपडा,कम्मल वितरणले विपन्न र दलित बस्तीमा रेडक्रस सोसाइटीको ध्यान पुगेको विचार व्यक्त गर्नुभएको थियो।


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरबाट प्राप्त कम्मल वितरण गरिएको थियो भने आगामी दिनमा थप न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेको कार्यक्रम सञ्चालक एवं उपशाखा सचीव निरन्जन थापाले जानकारी दिनुभएको छ।
कार्यक्रममा जनप्रतिनिधि,सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीयहरुको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित