Rashtriya Dainik

त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,१९ पुस

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा रहेको त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारणसभा त्रिवेणी स्थित बालपुरी कुटी आश्रममा सम्पन्न भएको छ।
संस्थाको अध्यक्ष तारादेवी अधिकारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले सहकारी संस्थाहरु मुल्य, मान्यता र सिद्धान्त अनुसार चल्नुपर्ने बताउनु भयो।
उहाँले अब सहकारी संस्थाहरुले लघु उद्यम,जिविकोपार्जन र सिपमुलक कार्यक्रम सहितको आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने धारणा राख्दै विनयी त्रिवेणी वडा न.६ र ७ का केही सहकारी संस्था बेथितिको अवस्थामा रहेकोले त्यस्ता संस्थाहरुले नीति नियमको परिधिभित्र रहेर सेयर सदस्य केन्द्रित कार्य गर्नुपर्ने जिकिर गर्नुभएको थियो।


साधारणसभामा नेपाल बचत तथा ऋण सहकारी संघ बुटवलका प्रमुख नेत्र प्रसाद सापकोटाले सहकारी संस्थाहरुले आर्थिक क्रियाकलापलाई चलायमान गर्दै सामुदायिक क्षेत्रमा पनि सहकारी गतिविधि चलाउन सुझाव दिनुभयो।
कार्यक्रममा शुभ लाभ बचत तथा ऋण सहकारी संस्था रानीनगरका अध्यक्ष प्रकाश कुवर,साना किसान कृषि बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सरस्वती बस्नेत,मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु कुमार श्रेष्ठ,पत्रकार आर.पि. उपाध्याय, सेयर सदस्य बसन्ता उपाध्याय लगायतले सहकारी गतिविधि माथी प्रकाश पार्नु भएको थियो।
साधारणसभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष अधिकारीले,सचिवको प्रतिवेदन सचिव जानकी काफ्ले र लेखा प्रतिवेदन लेखा संयोजक सरस्वती तिमिल्सिना भट्टराईले प्रस्तुत गर्नुभएको थियो।
साधारणसभामा असल ऋणी नियमित बचतकर्ता लगायत सहकारी गतिविधिमा सक्रिय योगदान पुर्याउनु हुने महानुभावहरुलाई कदर सहित सम्मान गरिएको संस्थाकी प्रबन्धक रम्भा सिंह ठकुरीले जानकारी दिनुभयो।
संस्थाले चालू आ.व.मा रु. २७ लाख ३ हजार ९ सय १५ रुपैयाँ शुद्ध नाफा गरेको बताइएको छ।
२०५९ सालमा दर्ता भएको संस्थामा हाल ७ करोड ५९ लाख ३८ हजार रुपैयाँको कारोबार गरिएको साधारणसभामा जानकारी गराइएको थियो।


“सदस्यहरुको गुणस्तरीय जीवनको लागि दिगो वित्तीय संस्था” भन्ने मुल नाराको साथ अगाडि बढेको वार्षिक साधारणसभामा संस्थाकी उपाध्यक्ष निर्मला गैरे घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित