Rashtriya Dainik

सुनवल लक्ष्मी स्टिल फ्याक्ट्रीमा काम गर्दा क्रेनले कुचिएर एक जनाको मृत्यु

विनोद निगम / नवलपरासी ,१८ पुस

पश्चिम नवलपरासीको सुनवल लक्ष्मी स्टिल फ्याक्ट्रीमा अन्दाजी ११.४० बजेको समयमा काम गर्ने क्रममा चिप्लिएर लड्दा एकजना कामदारको मृत्यु भएको छ ।

सुनवल नगरपालिका ७ चारपाला स्थित रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदार जिल्ला रुपन्देही मायादेवी गाउँपालिका ५ तिलौरा बस्ने बर्ष २५ को सुरेश चौधरी रहेको प्रहरीले जनाएको छ।

फ्याक्ट्री भित्र काम गरि रहेको अवस्थामा अचानक चप्पल चिप्लिएर लड्दा सोही फ्याक्ट्रीको सामान ओसार पोसार गर्दै गरेको लु १ क ३००१ नं. को क्रेनको चक्काले अचानक किच्न क्रममा कम्मर मुनी चोट लागि घाइते भए बित्तिकै
उपचारको लागि देवदह मेडिकल कलेज भलुही रुपन्देही लगेकोमा डाक्टरले १२:०९ बजे समयमा मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

पोष्टमार्टमका लागि शव हाल भिम अस्पताल रुपन्देहीमा रहेको । क्रेन र क्रेन साहु नियन्त्रणमा, क्रेन चालक फरार रहेको छ भने खोजतलास कार्य तथा थप अनुसन्धान भई रहेको डिएसपी बोहराले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित