Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा बिपन्न परिवारलाई हासकाे चल्ला र सामाग्री वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा बिपन्न परिवारलाई हासकाे चल्ला र सामाग्री वितरण गरिएको छ।

सरावल गाउँपालिका वडा नम्बर ६ नवकट्टी टाेल र पुसाैली टाेलका २५ जना महिलाहरुलाई
पाेषण प्रबर्द्धनका लागि हासकाे चल्ला र सामाग्री वितरण गरिएको हाे।

पशु सेवा शाखाकाे आयाेजनामा २ दिन तालिम प्रदान गरि उक्त सामाग्री सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले वितरण गर्नुभएको हाे।

सो अवसरमा बोल्दै अध्यक्ष चाैधरीले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको जनाउँदै यसबाट बढी भन्दा बढी लाभ लिन विपन्न परिवारलाई आग्रह गर्नुभएकाे थियोे । विपन्न र गरिब परिवारको छनोट गरेर हास पालनका लागि सहयोग गरिएको जनाउँदै यो सहयोगको बढी भन्दा बढी सदुपयोग गर्न अनुरोध गर्नुभएकाे थियोे ।

कार्यक्रममा १ जनालाई ३० वटा हासकाे चल्ला
,५ किलाे दाना, औषधि ,भिटामिन ,पानिखाने भाडा १ थान लगाएतकाे सामाग्री वितरण गरिएको हाे।

चल्ला वितरण गर्नु भन्दा अघि सो सहयोग पाउनेहरुलाई विज्ञद्धारा हास पालनका बारेमा अभिमुखिकरण गरिएको पशु सेवा शाखा प्रमुख यम अर्यालले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित