Rashtriya Dainik

व्यापारीका लागि बिमा योजना लागु गर्नेछु:- अध्यक्षका उमेदवार रितेश शर्मा

कपिलवस्तु, पुस १७

कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै गएको छ। यही पुष १९ गते शुक्रवार हुने चुनावमा उमेदवार हरू व्यपारी, उद्योगी, लगायत माझ आ आफ्नो प्रचार प्रसार गर्न व्यस्त रहेका छन्।

अध्यक्ष पदका पांच उमेदवार मध्ये प्रबल उमेदवार रहेका रितेश शर्मा पनि आज आफ्नो व्यापारी टोली सहित कृष्णनगर बजारमा प्रत्येक पसल हरूमा गएर आफ्नो चुनावी ऐजेंडा सहित आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

उहांले आफूलाई चुनावमा विजयी गराउन सबै व्यापारी व्यवसायी लाई अनुरोध गर्दै आफू सधैं व्यापारी हरूका लागि चौबिसै घण्टा साथमा खडा रहने बाचा गरेका एक जना व्यवसायीले बताए।
उहांले आफू चुनावमा आउनुका मुख्य कारण नै कृष्णनगर बजारलाई पुनः राम्रो संग चलायमान गराई व्यापारी हरूमा खुसीयाली ल्याउनुनै रहेको बताउदै व्यापारी हरूको हकहितमा योजना बनाई व्यापार निर्वाध रूपमा संचालन गर्न पाउने उद्यमी हरूको हक अधिकार रहेको जिक्र गरे। साथै उहांले कृष्णनगर भन्सार नाकालाई अपग्रेड गराउन आफूबाट हुनसक्ने हरेक सम्भव प्रयास गर्ने बताउदै व्यापारीका लागि बिमा योजना लागु गर्ने शर्माले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित