Rashtriya Dainik

माघे औशी मेलाको समीक्षा तथा आउदै गरेको माघे मेला सम्बन्धि तयारी बैठक

आरपि उपाध्याय / नवलपरासी ,१७ पुस

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ ले गत वर्षको माघे औशी मेलाको समीक्षा तथा आउदै गरेको माघे मेला सम्बन्धि तयारी बैठक वडा कार्यालयको सभा हलमा बुधबार सम्पन्न भएको छ।
विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहको अध्यक्षतामा समीक्षा सहितको तयारी बैठक सम्पन्न भएको हो।

समीक्षा बैठकमा गत वर्षको मेल व्यवस्थापन कार्यमा सुरक्षा व्यवस्थापनमा भएका कमीकमजोरीलाई सच्याउदै यस वर्षको मेलामा तिर्थालु आउने सवारीसाधनलाई सरल र सहज ढंगको चेकजाँच गरि मेला स्थलसम्म आउन दिने व्यवस्था मिलाउन पुर्व पश्चिम जिल्ला प्रशासन कार्यालय अनुरोध गर्ने तथा त्रिवेणी मेलाको बहानामा अन्य पालिकाहरुले कुनै प्रकारको कर असुली नगर्न सम्बन्धित पालिकालाई अनुरोध गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ।

बैठकमा त्रिवेणी धामको पहिचान र गौरव बढाउन त्रिवेणी माघे औशी महोत्सव सञ्चालन गर्न पनि निर्णय भएको वडा न. ७ का वडा अध्यक्ष उमेश कार्कीले जानकारी दिनुभएको छ।
आउदो ०८१ माघ ११ गतेदेखि माघ १९ गतेसम्म महोत्सव सञ्चालन गर्न गौतम बुद्ध यम्युजेमेन्ट प्रा. लि. र त्रिवेणी बजार व्यवस्थापन समिती संग सम्झौता भइसकेको बैठकमा जानकारी गराइएको थियो।

त्रिवेणी महोत्सव सञ्चालन गर्न अन्य प्रक्रिया पूरा गर्दै उक्त कार्य सम्पन्न गर्नका लागी जनप्रतिनिधि,सुरक्षा निकाय,संघसंस्थाका प्रतिनिधि,नागरिक समाज,सञ्चारकर्मी सहित सम्बन्धित सम्पुर्ण सरोकारवाला निकायलाई अनुरोध गर्ने पनि बैठकमा निर्णय भएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित