विनोद निगम / नवलपरासी , पुस १७
पश्चिम नवलपरासीको सुस्ता नारायणी नदी किनारमा निर्दयतापुर्बक कुकुरहरु मारी सामाजिक संजालमा पोष्ट गर्ने व्यक्तिहरु लाई पक्राउ गरेको छ ।
मानवता हराउँदै गएको अहिलेको युगमा यस्तो मानिसहरू । केही दिन अघि सामाजिक सञ्जालमा ५ वटा कुकुरको बच्चा र १ वटा माउ कुकुर समेतलाई नदि किनारामा निर्दयतापुर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल भाइरल बनेपछि नेपाल प्रहरीले घटनालाई अनुसन्धान गरेपछि दुईजनालाई पक्राउ परेको हो।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका वार्ड नं ५ बेलवानी बस्ने वर्ष अन्दाजी ३३ का राजकुमार सारु मगर ,अमन कुमार चिडी मगर रहेको प्रहरीले जनाएको छ।
सुस्ता नारायण नदी छेउमा गएको शनिबार अन्दाजी ४ बजेको समयमा निर्दयतापूर्वक कुकुरको बच्चाहरूलाई मारी अमन कुमार चुडी मगरले भिडियो बनाई आफ्नो फेसबुक आइडीबाट सामाजिक सञ्जालमा पोष्ट गरेको प्रहरीले जनाएको छ ।
निजहरुको उक्त कार्य मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरको उलंघन देखिदा सो कसुरमा संलग्न निज ब्यक्तिहरुलाई आज बुधबार आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत परासी,नवलपरासी (ब.सु.प) बाट पशुपन्छी सम्बन्धी कसुरमा सात दिन म्याद थप भई इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासी (ब.सु.प) बाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

