Rashtriya Dainik

नवलपरासीमा १ सय १३ सामुदायिक (भुसिया) कुकुरहरुको बन्ध्याकरण

नवलपरासी , १६ पुष ।

पश्चिम नवलपरासीमा सामुदायिक कुकुर बन्ध्याकरण शिबिरबाट एक सय १३ भुसिया कुकुरहरुलाई बन्ध्याकरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रद्धारा दुईदिने संचालित सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा रामग्राम नगरपालिकाको विभिन्न वडाबाट गरि कुल १ सय १३ कुकुरलाई स्थायी रुपले बन्ध्याकरणको शल्यक्रिया गरिएको छ जसमा ६३ वटा भाले कुकुर रहेका थिए भने ५० वटा पोथी कुकुरहरु रहेका थिए । कुकुरहरुको शल्यक्रिया पशु सर्जन डाक्टर अविनाश क्षेत्री, डाक्टर गंगा प्रसाद यादव, डाक्टर विभुती सिंह लगायतले गरेका थिए ।

सामुदायिक (भुसिया) कुकुरहरुको उत्पादन न्युनिकरणका उद्देश्यले यो कार्यक्रम थालिएको र यस शिविरमा बन्याकरण गरिएका कुकुरहरुलाई रेबिज विरुद्धको खोप समेत दिइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रको पशु चिकित्सक डाक्टर विभुती सिंहले जानकारी दिनु भयो । उहाँका अनुसार ति भुसिया कुकुरहरुलाई पक्रनका लागि डग क्याचिङ्ग टिम परिचालन गरिएको थियो जसले रामग्राम नगरपालिका वडा २,३,५,६,१०,१५,१६ र १८ बाट भुसिया कुकुरहरुलाई समातेर गाडीमा हाली विज्ञकेन्द्रको परिसरमा संचालित शिविरमा ल्याएको थियो । त्यस्तै पशु प्राविधिकहरुको प्रि एण्ड पोष्ट अपरेटिङ्ग टिम परिचालनमा रहेको थियो भने पशु चिकित्सकहरुको सर्जरी टिम गरि तिनवटा समुह परिचालन गरि उक्त शिविर सम्पन्न गरेको थियो ।

यो शिविर प्रत्येक बर्ष गरिदै आइएको छ । यस कार्यक्रममा भुसिया कुकुरहरुको बढि आतन्कित क्षेत्रबाट कुकुरहरुलाई समातेर ल्याई बन्याकरण गरि पुनः सोही क्षेत्रमा छोडने गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र प्रमुख श्रवण कुमार चौधरीले जानकारी दिनु भयो । प्रमुख चौधरीका अनुसार यस कार्यक्रमले भुसिया कुकुरहरुको जथाभावी उत्पादनमा न्युनिकरण हुने, कुकुर आतन्क कम हुने र रेबिज विरुद्धको खोप समेत दिई ति कुकुरको टोकाईबाट व्यक्तिहरुलाई रेबिज जस्तो रोगबाट बचाउने उद्देशय रहेको जिकिर गर्नु भयो ।

कुकुरहरुको बन्धयाकरणको शल्यक्रियाका दौरान कुकुरहरुमा देखिएको घाउहरुको समेत उपचार गरिएको थियो । यस सामुदायिक कुकुर बन्धयाकरण कार्यक्रममा युथ फर कन्जर्भेशन एण्ड सस्टनेबल एग्रिकल्चरको प्राविधिक सहयोग र अप्टिमिस्ट क्लब अफ नवलपरासीको समन्वय रहेको थियो । कुकुर बन्धयाकरण कार्यक्रमको यहि पुष को ७ गते विज्ञकेन्द्र प्रमुख श्रवण कुमार चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त महानिर्देशक डाक्टर प्रवेश सिंह कुँवर, पशुरोग अन्वेशष कार्यालय नवलपरासी प्रमुख डाक्टर भरत काफले, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, विज्ञकेन्द्रका पशुसेवा अधिकृत सुरेश मिश्रा, अस्पतालकि चिकित्सक डाक्टर विभुती सिंह, अप्टीमिस्टका सदस्य शमा बस्याल, शिवलाल अग्रहरी, समाजसेवी विनोद कार्की, पुरुषोत्तम कार्की लगायत स्थानियहरुको सहभागिता रहेको थियो
अस्पतालको परिसरमा विभिन्न जनप्रतिनिधि र विभिन्न कार्यालय प्रमुख प्रतिनिधिहरुको उपस्थितीमा औपचारिक रुपमा सुभारम्भ गरिएको थियो । उक्त कार्यक्रम पुष ७ र ८ गतेसम्म संचालन थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित