Rashtriya Dainik

प्रतापपुर-६ का ४ सय जना जेष्ठ नागरिकलाई च्यवनप्राश वितरण

संजय कुशवाहा / नवलपरासी १६ पुष

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर ६ का जेष्ठ नागरिकलाई च्यवनप्राश वितरण गरिएको छ । जेष्ठ नागरिक दीर्घायु योजना कार्यक्रम अन्तर्गत प्रतापपुर आयुर्वेद शाखाले जेष्ठ नागरिकहरूलाई च्यवनप्राश वितरण गरेको हो ।

६५ वर्ष माथिका ४ सय जना जेष्ठ नागरिकलाई एक÷एक बट्टाका दरले च्यवनप्राश वितरण गरिएको आयुर्वेद शाखाले जानकारी दिएको छ । मंगलबार एक कार्यक्रमका विच प्रतापपुर वडा नं.६ का वडाध्यक्ष केशव अधिकारीको प्रमुख अतिथित्तामा च्यवनप्राश वितरण गरिएको हो ।
आज छुटेका जेष्ठ नागरिकलाई च्यवनप्राशका लागि छिट्टै गुठी परसौनीमा रहेको आयुर्वेद शाखामा सम्पर्क गर्न अनुरोध गर्दै प्रतापपुर ६ वडा कार्यालयले वडाका जेष्ठ नागरिकहरूलाई तन्दुरुस्त रहन तथा शारीरिको रोग प्रतिरोधक शक्ति बढाउने उदेश्यका साथै शक्तिवद्र्धक च्यवनप्राश वितरणको कार्यक्रम बनाएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

आयुर्बेद शाखा गाउँपालिका अन्तर्गत निकै प्रभावकारी हुदै गएको साथै उक्त शाखामा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ । विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद शाखा तर्फ आकर्षित हुदै गएको देखिन्छ ।
आयुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न राेगकाे आयुर्बेद अाैषधि समेत लामाे समय देखि गर्दै आएकाे आयुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्राले बताउनुभएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित