राष्ट्रिय दैनिक / नवलपरासी ,१५ पुस
सरावल उद्योग बाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेले हिन्दु धर्ममाथि आक्रमण भइरहेको कुरा राख्दै यसलाई बचाउन जरुरी रहेको बताउनुभएको हाे।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा रासलिला कार्यक्रम उदघाटन गर्दै बाणिज्य अध्यक्ष शर्माले सरावल गाउँबासिले महायज्ञ सन्चालन गरेको निकै उदाहरणीय कार्य गरिरहेकाे बताउनुभयो । हाल हिन्दु धर्ममाथि थुप्रै धर्मकाे आक्रमण रहेको बताउदै यसलाई राेक्नकाे लागि सबै आ आफ्नो स्तरबाट लाग्न जरुरी रहेको बताउनुभयो । हिन्दु धर्म संस्कार संस्कृति बिर्सेर अरु धर्म परिवर्तन गरिरहेकाे हुनाले यसलाई राेक्न रामलिला र महायज्ञकाे ठुलो याेगदान रहेको चर्चा गर्नुभएको थियोे ।

हिन्दु धर्मको रक्षाकाे निम्ति रामलिला ठुलाे भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको बताउनुभयो। नेपाललाई हिन्दु राष्ट्रले चिनाउन तथा जन जनमा हिन्दुवत्व कायम राख्न रामलिला र यज्ञले ठुलाे भुमिका खेल्ने गरेकाे छ । वर्तमानका युवा पिँढीहरुका लागि समेत रामलिला र महायज्ञ ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जाेड दिदै सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार, आस्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धनकाे लागि रामलिला हुन जरुरी रहेको शर्माले जाेड दिनुभएको थियाे।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा श्रीश्री १०८ रुद्र महायज्ञ साेमबार शुभारम्भ भएको हाे। साे अवसरमा रामलिला समुदघाटन गरिएको हाे

सरावल गाउँबासी एवं रुद्र महायज्ञ सन्चालन समितिकाे अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल उद्योग बाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेकाे प्रमुख आतिथ्यतामा महायज्ञ एव रासलिला शुभारम्भ भएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

