राष्ट्रिय दैनिक / नवलपरासी ,१५ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा श्रीश्री १०८ रुद्र महायज्ञ शुभारम्भ भएको छ।
सरावल गाउँबासी एवं रुद्र महायज्ञ सन्चालन समितिकाे अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा महायज्ञ शुभारम्भ भएको हाे।

महायज्ञ कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले सामाजिक सदभावकाे लागि महायज्ञ जरुरी रहेको बताउनुभयो । समाज एकीकृत र संगठित राख्न महायज्ञकाे ठुलो भुमिका रहेको छ। समाजमा विभिन्न जातजाति भाषाभाषी रहेको हुनाले सबैबिच आपसी सद्भाव राख्न ठुलो मद्दत गरिरहेकाे बताउनुभयो । महायज्ञले धर्म संस्कृतिको रक्षा गर्नेभएकोले यसको निरनतर्ता दिन जरुरी रहेको बताउदै महायज्ञ सन्चालनका लागि आफुबाट हुने सहयोग साथ दिने प्रतिबद्धता जनाउनु भएको हाे।

त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन , वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , काङ्ग्रेस जिल्ला उपसभापति अनिल गाैड लगाएतले हिन्दु धर्मकाे रक्षा गर्नकाे लागि महायज्ञ जरुरी रहेको बताउनुभएको थियो ।

अम्बरीष चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सचिव उमेश बि.क ले सन्चालन गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

