आरपि उपाध्याय / नवलपरासी ,१५ पुस
गुरुङ समुदायहरुको ठूलो पर्वको रुपमा मानिने तमु ल्होसार पर्व विनयी त्रिवेणी वडा न.६ र ७ नवलपुरको संयुक्त आयोजनामा त्रिवेणीको प्रसैयामा मनाइएको छ।
तमु समाज विनयी त्रिवेणी ६ र ७ की उपाध्यक्ष हिरादेवी गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले तमु ल्होसार पर्वको शुभकामना व्यक्त गर्दै नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्वले सबै तमुहरुमा उर्जावान बनाएको बताउनु भयो।
सो अवसरमा तमु परिवारको अगुवा व्यक्तित्व गणेश कुमार गुरुङ, वडा सदस्य विष्णुप्रसाद चौलागाईं,आर.पि.उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
तमु ल्होसार पर्वको अवसरमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित घैटो फोड र जिलेबी प्रतियोगिता खेल पनि सम्पन्न गरिएको कार्यक्रम सञ्चालक प्रीतम बहादुर गुरुङले जानकारी दिनुभएको छ।

तमु ल्होसार पर्वको अवसरमा विनयी त्रिवेणी ६ र ७ अन्तर्गतका गुरुङ समुदायका साथै अन्य संघसंस्थाका प्रतिनिधि सहित जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

