Rashtriya Dainik

दक्षिण कोरियामा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या एक सय ७९ जना पुग्यो

एजेन्सी,१५ पुस

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७९ जना पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ७९ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

घटनास्थलबाट दुई जनाको जीवितै उद्धार भएको थियो । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्किँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका खबरमा उल्लेख छ ।

दक्षिण कोरियाको सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धानमा विमान अवतरणको नजिक पुग्दा चरासँग ठोक्किएको हुनसक्ने र खराब मौसम पनि दुर्घटनाको कारण हुनसक्ने देखिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित