Rashtriya Dainik

परमार्थ साधना सतग्राश्रम कोटीहोम विनयी त्रिवेणी ६ नवलपुरको ३१ औं साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,१३ पुस

परमार्थ साधना सतग्राश्रम कोटीहोम विनयी त्रिवेणी ६ नवलपुरको ३१ औं साधारणसभा त्रिवेणीको कोटीहोम मन्दिरमा सम्पन्न भएको छ।
सतग्राश्रम कोटीहोम समितिका अध्यक्ष मोतिलाल उपाध्यायको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले विपन्न तथा अनाथ बालबालिकाहरुलाई पुर्वीय धर्मशास्त्र र आधुनिक शिक्षा प्रणालीमा आधारित शिक्षा प्रदान गरेर गुरुकुलमले समय सापेक्ष शिक्षा प्रदान गरेको धारणा राख्नुभयो।


सो अवसरमा त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका अध्यक्ष करपात्री स्वामी कृष्ण प्रपन्नाचार्य,भक्ति अधिकारी लगायतका वक्ताहरुले सतग्राश्रम कोटीहोम र गुरुकुलमले शैक्षिक विकासमा खेलेको भुमिकाबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष उपाध्यायले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम सञ्चालक चिरञ्जीवी ढुंगानाले जानकारी दिनुभएको छ।


परमार्थ सतग्राश्रम कोटीहोम अन्तर्गत रहेको साधना गुरुकुलम २०७९ जेष्ठ ३० गतेदेखि प्रारम्भ भइ धार्मिक शैक्षिक क्रियाकलाप गर्दै आएको गुरुकुलम आवासीय रुपमा सञ्चालन भएको र उक्त आश्रममा २० छात्रहरु अध्ययनरत रहेकोे प्रधानाध्यापक डि.पि. पाण्डेले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित