Rashtriya Dainik

आगामी चुनावमा कांग्रेसले अरु दलसंग गठबन्धन गर्दैन : कांग्रेस नेता काेइराला

राजन कुमार बानिया /पर्सा ,१२ पुस

नेपाली काँग्रेस पर्साले अायोजना गरेको १०० दिने बिषेश अभियान कार्यक्रम तथा कार्यकर्ता भेला शुक्रबार पर्साकाे पोखरिया नगरपालिका वडा ४ मा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नेपाली काँग्रेसका पुर्व महासचिव डाक्टर सशांक कोईरालाले आगामी निर्वाचनमा कांग्रेसको एकल बहुमत ल्याउन पार्टीका नेताकार्यकर्ता अहिलेदेखिनै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जाेड दिए।तर चुनावनमा पार्टीले टिकट नदिदाँ आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात गर्ने साेच राख्नु गलत भएको उनले बताए।
कार्यक्रममा पूर्व उद्योग बाणिज्य मन्त्री रमेश रिजालले संविधान संशोधनका लागि काँग्रेस र एमाले मिलेर अहिलेकाे सरकार बनाउनु परेकाे बताए । सरकारमा अहिले गठबन्धन गरिएको भएपनि आउने निर्वाचनमा एमालेसंगै काँग्रेसको मुख्य प्रतिस्पर्धा हुने भएकाले अहिलेदेखि नै काँग्रेसका नेताकार्यकर्ता सतर्क रहनुपर्ने उनकाे भनाई थियाे। अहिले देखि नेता कार्यकर्ताहरुले गाउँपालिका ,वडाहरुमा गएर जनताहरुको समस्याहरु बुझि समधान तर्फ जानु पर्नेमा जोग दिनु भएको साथै सदस्यता सुदृढीकरण र बिस्तार गर्नमा जोड दिनुभएको थियो।

नेपाली काँग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सरकारका भुमिब्यवस्था कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री सुरेन्द्र चौधरी , जिल्ला उपसभापती रामनारायण कुर्मी ,अशोक गुप्ता ,महाधिवेशन प्रतिनिधि बशिष्टनारायण कुर्मी, पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरी, पोखरियाका पुर्व मेयर दिपनारायण रौनियार, महिला नेत्री किरण शर्मा ,उपाध्यक्ष ममता महतो, रमेश पाण्डे ,ललन दुबेदी,शैलेन्द्र यादव, क्षेत्रिय सभापती श्रीकिसुन चौहान, लगायतले मन्तब्य ब्यक्त गरेका छन।

कार्यक्रममा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियोे कार्यक्रम संचालन क्षेत्रिय सचिव सुरेन्द्र सिंहले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित