नवलपरासी ,१२ पुस
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको आयोजनामा जिल्ला सदरमुकाम परासीस्थित बुद्वचोकमा १३२ औं माओ दिवस तथा एकता महाधिवेशनको सन्देश सभा मार्फत प्रतिक्रियावादी राज्य सत्ता र ब्यवस्थाको साथै स्थानीयस्तरमा भएका भ्रष्टाचार, बिकृती बिसङ्गतिको विरुद्ध संघर्षको घोषणा गरिएको छ ।
सभामा बोल्दै प्रमुख अतिथी पार्टीका निबर्तमान कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज कृष्णराज पौडेलले क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्तिकारीहरुको बीच एकता गर्दै दलाल संसदीय ब्यवस्थालाई फालेर नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादी ब्यवस्था ल्याउने उदघोष गर्नुभयो ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले रास्ट्रिय स्वाधीनताको लडाइँ आवस्यक रहेको चर्चा गर्दै चीनमा माओले गरेको योगदान बिश्वब्यापी र सार्बभौम भइसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका पार्टीको बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पान्डेयले नवलपरासीमा ब्याप्त भ्रष्टाचार बिकृती बिसङ्गतिको भन्डाफोर गर्दै पार्टीले वर्गसंघर्ष उठान गर्ने तयारी गरेको बताउनु भयो ।
उक्त सभाको संचालन पार्टीका जिल्ला समिती सदस्य चुडामणि भन्डारी र स्वागत जिल्ला सचिवालय सदस्य गणेश बहादुर ढकालले गर्नुभएको थियो । सभा अघिको जुलुसले नाराबाजी गर्दै परासीको विभिन्न स्थानबाट परिक्रमा गरेर बुद्धचोकमा सभामा परिणत भएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा ( मशाल) र नेकपा (बहुमत)को महत्त्वपूर्ण हिस्सा बिच एकता भएर बनेको पार्टी हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

