Rashtriya Dainik

अल्लु अर्जुन र पुष्पा २ का निर्माताले भागदौडमा ज्यान गुमाएकी महिलाको परिवारलाई २ करोड दिने

एजेन्सी,११ पुस

पुष्पा–२ को स्क्रिनिङका क्रममा भएको भागदौडमा ज्यान गुमाएका महिला र उनका घाइते छोरालाई २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरिएको छ । अल्लु अर्जुनका पिता तथा फिल्म निर्माता अल्लु अरविन्दले घटनामा घाइते बालकलाई भेटेर यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘अस्पताल पुगेपछि र डाक्टरसँग कुरा गरेपछि बच्चा निको भइसकेको थाहा पाउँदा हामी धेरै खुसी भयौं। उनी छिट्टै पूर्णरुपमा निको होस् भन्ने कामना गर्दछु।”

उनले थप भने, ‘परिवार र बच्चालाई सहयोग गर्न हामीले २ करोड रुपैयाँ दिने निर्णय गरेका छौँ । १ करोड रुपैयाँ अल्लु अर्जुनले र ५० लाख रुपैयाँ तीन निर्माताले र ५० लाख रुपैयाँ निर्देशकले दिएका छन्।’

फिल्मस्टार अल्लु अर्जुन र उनको फिल्म ‘पुष्पा–२ : द रुल’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । यसपछि उनले एक रात जेलमा पनि बिताउनु परेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित