Rashtriya Dainik

कृष्णानगर भन्सारलाई अपग्रेड गर्न व्यापारीहरुको माग

कपिलवस्तु पुस १० । भन्सार विभाग प्रमुखसंग जिल्लाको कृष्णानगर भन्सारलाई अपग्रेड गर्न स्थानीय व्यापारीहरु माग गरेका छन ।
आज कृष्णनगर भन्सार कार्यालय पुगेका भन्सार विभागका महा निर्देशक हरिशरण पुडाशैनीलाई भेटेर भन्सारलाई अपग्रेड गर्न स्थानीय व्यापारीहरु माग गरेका हुन ।
व्यापारीहरु तेस्रो मुलुक अयात , सुख्खा बन्दरगाह निर्माण, भन्सारमा भईरहेको व्यातिथि,प्लाईउड सिमेन्ट निर्यातमा सहजता, गल्ला व्यापारीको समस्या लगायतका माग राखेका थिए । उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष विजय कुमार कानोडिया , कुनाल प्रताप शाह, रितेश शर्मा, सकिर अहमद शाह, इसरार अहमद शाह लगायतले महानिर्देशक पुडाशैनीलाई भेटेर नाकालाई सुक्नबाट जोगाउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित